अध्यागमनको आधुनिकीकरण

प्रकाशित मिति: 2017-06-30

मिति २०७४, असार, महिनामा सार्बजनिकिकरण भएकोमा गृह मंत्री ज्यूको - गृह प्रशासन सुधार मार्गचित्र २०७४ "जवाफदेही गृह प्रशासन शान्ति सुरक्षा र सुशासन" कार्यक्रममा उल्लेखित अध्यागमन संग सम्बन्धित बुदाहरु: 

 

  • अन्तराष्ट्रिय विमनास्थलको अध्यागमन व्यवस्थालाइ अन्तरष्ट्रिय स्तरको बनाउनुका साथै दक्ष, सीपयुक्त र सुरक्षा सम्बेदनशिलतामा उपयुक्त तालिम प्राप्त जनशक्तिलाई परिचालन गरिनेछ।
  • अध्यागमनमा यात्रुहरुको आगमन र प्रस्थानको सूचना सुरक्षित र सहज प्राप्तिका लागि निश्चित प्रविधियुक्त अभिलेख प्रणालीको बिकाश गरिनेछ। आगमन र प्रस्थानको अभिलेख तथा भिसा आवेदनमा आधारित बिधमान IMMI Software लाई उपयुक्त Border Control System द्वारा प्रतिस्थापन गरिनेछ।
  • अध्यागमन विभागबाट जारी गरिने भिसालाई E-Visa वा Smart Card मा परिणत गर्न Pilot Project शुरु गरिनेछ।
  • फरार अपराधी, आतंककारी तथा अवान्छित व्यक्तिको पहिचान तथा आवागमनमा नियन्त्रणका लागि नेपाल प्रहरी तथा अन्य सुरक्षा संगठनसंग  भएको अभिलेखासंग Verification गर्नका लागि समन्वय गरिनेछ।
  • अध्यागमन कार्यालय अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको सेवा प्रवाहलाई २४ घण्टा संचालन गर्न विधमान २ सिफ्टको सेवा प्रवाहलाई ३ सिफ्टमा लैजान सम्बन्धित निकायसंग समन्वय गरी कार्यन्वयन गरिनेछ।
  • सबै प्रकारको भिसा र ट्रेकिंग परमिट आवेदन ट्राभल्स हिस्ट्री , आगमनरगमनपत्र अनलाइनबाट नै भर्न मिल्ने व्यवस्था सहितको Immigration Mobile App Launch गरिनेछ।निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक पुनरावलोकन गरिनेछ ।