Government of Nepal Logo
Government of Nepal Logo

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

न्यून व्यान्डविथ Invert Color A- A A+

नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न

  1. मैले नाता सम्बन्धि भिषा लिँदा हरेकचोटी नाता प्रमाणित प्रमाणपत्रमा नाता कायम भएको मेरो आफन्तलाई साथै लिएर आउनु पर्छ?

    तपाईको नातेदार प्रत्येक पटक सनाखत गर्न आउनुपर्छ। एकचोटि आएर सनाखत गरेको आधारमा पुन: भिषा जारी गर्न सकिदैँन।
     
  2. मैले पोहोर साल भिषा लिँदा मेरो नाता प्रमाणित प्रमाण पत्र पेश गरिसकेको छु। के मैले फेरि पेश गर्नुपर्छ?

    भिषा लिँदा हरेकपटक सक्कल कागजात र छायाँप्रति सहित आउनुपर्ने हुन्छ।
     
  3. मैले कति अविधको लागि यो भिषा प्राप्त गर्न सक्छु?

    यो भिषा बढिमा एक वर्षको लागि जारी गरिन्छ।
     
  4. यो भिषा अध्यागमन कार्यालय, त्रि. अ. वि. बाट प्राप्त गर्न सकिन्छ कि सकिदैँन?

    सकिदैँन। हालको अवस्थामा नाता सम्बन्धी भिषा अध्यागमन विभागबाट मात्र जारी गरिन्छ।
     
  5. मैले नाता सम्बन्धि भिषा लिएको छु। के मैले नेपालमा काम गर्न सक्छु?

    तपाईले गृह मन्त्रालयको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।


पछिल्लो अपडेट गरिएको : 2024-03-29 03:10:43 03:10:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter